डिरेक्टर मारिनाले छाडिन् चेल्सी
बुधबार, असार ८, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब चेल्सीका डिरेक्टर मारिना ग्रानोभस्काएले क्लब छाडेकी छिन् ।
चेल्सीले बुधबार प्रेस विज्ञप्ति निकाल्दै डिरेक्टर मारिनाले क्लब छाडेको जनाएको छ ।
अमेरिकी धनाढ्य टोड बोहली र उनको नेतृत्वमा रहेको क्लियरलेक क्यापिटल कन्सोर्टियमले क्लब किनेपछि उनले चेल्सी छाड्ने चर्चा थियो ।
चेल्सीका मालिक तथा रसियन अर्वपति रोमन अब्रामोविचले बेलायतमा बस्न प्रतिबन्ध लागेपछि चेल्सी बेचेका हुन् ।
मारिनाले रोमनसँग चेल्सीमा लामो समयबाट काम गर्दै आईरहेकी थिइन् ।
यस्तै चेल्सीले अन्तरिम स्पोर्टिङ डिरेक्टरमा टोड बोहलीलाई नियुक्त गरेको छ ।
डिरेक्टर मारिनाले छाडिन् चेल्सी













-1763024272658.jpeg&w=3840&q=75)