टेभेज रोसारियोको मुख्य प्रशिक्षक नियुक्त
बुधबार, असार ८, २०७९खेलपाटी संवाददाता

काठमाडौं । अर्जेन्टिनाका पूर्व स्ट्राइकर कार्लोस टेभेज रोसारियो सेन्ट्रलको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।
अर्जेन्टिनाका शीर्ष डिभिजन क्लब रोसारियोले टेभेजलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
३८ वर्षीय टेभेजले रोसारियोसँग एक वर्षको सम्झौता गरेका छन् ।
टेभेजले गत महिना खेल जीवनबाट सन्यास घोषणा गरेका थिए।
पछिल्लो सिजन टेभेजले अर्जेन्टिनाको बोका जुनियर्सबाट खेलेका थिए ।
टेभेजले फुटबल खेल जीवनमा ७ सय ४६ खेल खेल्दै ३ सय ८ गोल गरेका थिए ।
अर्जेन्टिनाका लागि टेभेजले ७६ खेलमा १३ गोल गरे ।
टेभेजले इंग्लिस क्लब म्यान्चेस्टर युनाईटेड, म्यानचेस्टर सिटी, वेस्ट ह्यामबाट खेलेका थिए ।
यस्तै उनले युभेन्ट्स लगायत चिनियाँ क्लबबाट समेत खेलेका थिए ।
टेभेज रोसारियोको मुख्य प्रशिक्षक नियुक्त













-1763024272658.jpeg&w=3840&q=75)