‘फ्रि ट्रान्सफर’ मा उपलब्ध ठूला स्टार

काठमाडौं । यो सिजन केही यस्ता ठूला नाम विश्व फुटबलमा विना मूल्य उपलब्ध हुनेछन्, जसबारे सोच्दा के कस्तो हुनेछ भनेर कौतुहलता उत्पन्न हुन्छ । आफ्नो क्लबसँगको अनुबन्ध सकिएपछि उनीहरू आश्चर्यजनक रूपमा ‘फ्रि ट्रान्सफर’ उपलब्ध हुनेछन् । यस्तोमा प्रश्नहरू तेर्सिने छन्, के पउल पोग्बा युभेन्ट्स फर्कने छन् त ? रियल म्याड्रिड पनि गेराथ बेलको खेल जीवन कस्तो हुनेछ । अनि क्रिस्टियन एरिक्सनले कसका लागि खेल्नेछन् ?
बीबीसीले तयार पारेका यस्तै खेलाडीको सूची ।
गेराथ बेल
उनको वर्तमान क्लब त रियल म्याड्रिड नै हो, तर उनको सम्भावित गन्तब्ध धेरै अनुमान गरिएको छ, जस्तो डीसी युनाइटेड, कार्डिफ सिटी, न्युकासल युनाइटेड, नटिङघम फरेस्ट, एसी मिलान अथवा टोटनहम । बेलले नौ वर्ष रियलमा बिताए र एकपछि अर्को उपाधि जिते । त्यसमा पाँच युरोपेली च्याम्पियन्स लिग र तीन स्पेनी ला लिगा उपाधि पर्छन् । सन् २०१३ मा रियलले उनलाई तात्कालीन विश्व कीर्तिमान आठ करोड पाउन्डमा किनेको थियो ।
पउल पोग्बा
म्यानचेस्टर युनाइटेड नफापेका यी खेलाडी युभेन्ट्स फर्कन सक्ने सम्भावना बलियो छ, तर उनले रियल म्याड्रिड, पेरिस सेन्ट जर्मेन र म्यानचेस्टर सिटी जस्ता क्लबबाट पनि खेल्न सक्छन् । दोस्रो पल्ट उनले म्यानचेस्टरमा छ वर्ष बिताए र यसक्रमा लिगकप र युरोपा लिग जिते । तर उनको म्यानचेस्टर बसाइ खासै सुखद रहेन् । उनी सन् २०१६ मा अर्को तात्कालीन विश्व कीर्तिमान आठ करोड ९० लाख पाउन्डमा युभेन्ट्सबाट म्यानचेस्टर आएका थिए ।

क्रिस्टियन एरिक्सन
केही अप्रत्यासित घटना नभएको भए, उनी अझै पनि इन्टर मिलानमै हुन्थे । तर युरो २०२० का क्रममा उनी ‘कार्डियो एरेस्ट’ को शिकार बने । यसपछि एरिक्सन र इन्टर दुवै एकआपसको सहमतीमा अलग भए । उनको वर्तमान क्लब इंग्लिस प्रिमियर लिगको ब्रेन्टफोर्ड हो । छ महिनाको ब्रेन्टफोर्ड बसाइमा उनको प्रदर्शन सबैको मन जित्ने खालको छ । उनकै उम्दा प्रदर्शनका कारण ब्रेनफोर्ड रेलिगसनबाट जोगिन सफल रह्यो र ब्रेन्टफोर्ड उनलाई अर्को सिजन पनि आफ्नो मै कायम राख्न चाहनेछ ।
जेसे लिङगार्ड
म्यानचेस्टर युनाइटेडको एकेडेमीबाट हुर्के बढेका यी खेलाडी अब नयाँ क्लबको खोजीमा छन् । उनका लागि यो काम सजिलो हुने छैन्, किनभने उनले २० वर्षको समय यही एक क्लबका बिताइसकेका छन् । जेसे लिङगार्डले अब लिन सक्ने बाटो भनेको वेस्ट ह्याम, न्युकासल, टोटनहम र एसी मिलानको हो । पछिल्लो वर्ष उनले ऋणमा वेस्ट ह्यामका लागि राम्रै समय बिताए र यसक्रममा उनी कति राम्रा खेलाडी हुन्, त्यो पनि देखिएको थियो ।

एडिसन कभानी
म्यानचेस्टर युनाइटेडमा उनको दुई वर्षको पछिल्लो बसाइ सुखद रह्यो, भलै उनले केही पनि जित्न सकेनन् । उनी सन् २००० मा विना कुनै मूल्य पेरिस सेन्ट जर्मेनबाट म्यानचेस्टर आएका थिए । पहिलो सिजन त उनले १७ गोल गरेपछि, तर पछि उनी केही सेलाए । पछिल्लो सिजन उनी चुपचाप देखिनु पछाडि दुई प्रमुख कारण रहे, पहिलो त चोट नै भयो, अर्को क्रिस्टियानो रोनाल्डोको आगमन । हुन सक्छ, उनी अब रियल म्याड्रिड, आर्सनल, एटलेटिको म्याड्रिड अथवा युभेन्ट्स जान सक्नेछन् ।
यति मात्र होइन्, ‘फ्रि ट्रान्सफर’ उपलब्ध हुने अरू केही ठूला नाम पनि छन्, जस्तो, म्यानचेस्टर सिटीका फर्नान्डिन्हो, एटलेटिको म्याड्रिडका लुइस स्वारेज, रियल म्याड्रिडका इस्को, पेरिस सेन्ट जर्मेनका एन्जेल डि मारिया आदि आदि ।













-1763024272658.jpeg&w=3840&q=75)