डिफेन्डर आर्मेल साउथह्याम्पटनमा
बुधबार, असार ८, २०७९खेलपाटी संवाददाता

काठमाडौं । प्रिमियर लिग क्लब साउथह्याम्पटनले डिफेन्डर आर्मेल बेल्ला कोचपलाई अनुबन्ध गरेको छ ।
साउथह्याम्पटनले जर्मन क्लब बोचुमबाट डिफेन्डर आर्मेललाई १० मिलियन युरोमा अनुबन्ध गरेको हो ।
२० वर्षीय डिफेन्डर साउथह्याम्पटनसँग ४ वर्षको सम्झौता गरेका छन् ।
जर्मनीका युवा डिफेन्डरले बोचुमका लागि शीर्ष लिगमा २६ खेल खेलेका छन् ।
त्यसअघि उनले बोचुमबाट बुन्डेसलिगा-२ का खेलहरु खेलेका थिए ।
उनी जर्मनीको यू-२० टोलीको सदस्य हुन् ।
डिफेन्डर आर्मेल साउथह्याम्पटनमा













-1763024272658.jpeg&w=3840&q=75)