• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
कुमारको मुख्य एजेण्डा – विकेन्द्रिकरण
हेम राज हमाल
शनिबार, असार ४, २०७९ हेम राज हमाल
कुमारको मुख्य एजेण्डा – विकेन्द्रिकरण
एन्फा उपाध्यक्षका उम्मेदवार कुमार केसी । फोटो : खेलपाटी

काठमाडौं । एन्फा राजनीतिमा कुमार केसी अब नौलो नाम रहेन । जिल्ला फुटबलको प्रतिनिधित्व गर्ने कुमार एन्फामा रुपन्देहीबाट उदाएका हुन् । पछि पश्चिम नेपालकै नेता बने । समयले उनलाई मोफसलको फुटबलको नेताको रुपमा उभ्याएको छ ।  

कुमार एन्फाको आसन्न निर्वाचनमा उपाध्यक्षका प्रत्यासी छन् । जिल्ला र क्लबको राम्रो प्रभाव राख्ने उनी संस्थापन प्यानलबाट उपाध्यक्षको उम्मेदवार बनेका हुन् । खरो स्वभाव, स्पष्ट बक्ताको परिचय उनको हो । 

चुनावको संघारमा भेटिएका कुमारका एउटा कुरा प्रस्टसँग राखे, ‘विकेन्द्रिकरणनै फुटबलको मुख्य एजेण्डा बन्नुपर्छ । यो कसैलाई तल पार्न पनि हैन । मोफसल बलियो बन्दा मुलधारको फुटबललाईनै सहयोग पुर्याउँछ ।’  

भनिन्छ, नेपाली फुटबलको समस्या भनेको यसको संरचना हो । चुनावको मुखमा बहश त्यसैमा हुनु पर्ने हो । तर एन्फा चुनावमा भोट माग्ने र हाल्ने दुवैमा एजेण्डा देखिदैन । सबैको एकसुत्रिय धारणा फुटबल राम्रो गर्ने भन्ने छ । तर फुटबल कसरी राम्रो हुन्छ, त्यसको उत्तर कसैसँग छैन । 

‘खेलाडी उत्पादन त जिल्लामा हुने हो । त्यसैले फुटबललाई विकेन्द्रिकरण गरेरै गाउँगाउँसम्म फुटबल पुर्याउनुपर्छ भन्ने हो । जिल्ला, प्रदेशमा ट्रेनिङ सेन्टर स्थापना गरेर फुटबललाई देशब्यापी बनाउने एजेण्डामा अब काम गर्नुपर्छ ।’ उनी भन्छन् ।  

विकेन्द्रिकरणको एजेण्डा फुटबलमा चुनावी मसला मात्र बन्दै आएको छ । तर नेपाली फुटबल यसप्रति कहिल्यै गम्भिर देखिएन । विकेन्द्रिकरणलाई काठमाडौं केन्द्रित क्लब तर्साउन र सिमित वर्गले स्वार्थ पुर्तिको एजेण्डा बनाउँदै आए ।
कुमार विकेन्द्रिकरणको एजेण्डाबाट कोही भाग्न नहुने र कोही तर्सन नहुने बताउँछन् । काठमाडौंमा रहेका क्लबलाई थप बलियो बनाउन समेत मोफसलको फुटबल बलियो बन्नुपर्ने तर्क उनको छ । 

‘काठमाडौंमा मात्र केन्द्रित हुदाँ फुटबलको दायरा बढेन । यसलाई विकेन्द्रित गरेर जिल्लामा लगेर एकेडेमी र ट्रेनिङ सेन्टर चलाउन नसके अहिलेकै अवस्था फुटबल रहिरहन्छ ।’ उनी भन्छन्, ‘अहिले केन्द्र भन्दा स्थानीय सरकार बलियो बनेर आएका छन् । खेलकुदका स्थानीय निकायको लगानी बढेको देखिन्छ । फुटबलमार्फत हामीले यसलाई जोड्नुपर्छ । जिल्लाको फुटबल बलियो बनाउने सुत्र खोज्नुपर्छ ।’ 

जिल्ला फुटबलबाट आएका कुमारले चार वर्षअघि एन्फाको नेतृत्व परिवतनको अभियानमा शसक्त भुमिका निभाएका थिए । कर्माछिरिङ शेर्पा नेतृत्व प्यानलबाट उनले केन्द्रिय सदस्य पनि जितेका थिए । मोफसलमा तिलोत्तमा गोल्डकप जस्तो प्रतिष्ठित प्रतियोगितो सञ्चालन गरेर जिल्ला फुटबलमा राम्रो छाप छोडेका कुमार अब क्लब फुटबललाई थप व्यवस्थित र व्यवसायीक बनाउने एजेण्डामा काम गर्नुपर्ने एजेण्डा सहित चुनावी मैदानमा छन् ।  

‘जिल्ला, क्लबका साथीहरुनै मिलेरै फुटबल बनाउने हो । यसलाई विकेन्द्रिकरण गर्ने र क्लबलाई बलियो बनाउने एजेण्डामा काम गर्नुपर्नेछ । फुटबलको वर्तमान संरचना बदल्ने हाम्रो सामुहिक प्रयास र अठोट हुनुपर्छ ।’ कुमार भन्छन् । 
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
रसले अर्को इतिहास कोर्लान्?
रसले अर्को इतिहास कोर्लान्?
अञ्जनलाई कीर्तिमानी गोलको दबाब
अञ्जनलाई कीर्तिमानी गोलको दबाब
‘एसियन कपमा पुग्ने क्षमता छ,  विश्वकपमा पुग्न यो स्तरले सक्दैन’
‘एसियन कपमा पुग्ने क्षमता छ, विश्वकपमा पुग्न यो स्तरले सक्दैन’
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एन्फाको फराकिलो जितमा महासचिव किरणको ह्याट्रिक !
एन्फाको फराकिलो जितमा महासचिव किरणको ह्याट्रिक !
इतिहास बनाएको नेपाल
इतिहास बनाएको नेपाल
भिनिसियसको पुतला झुन्ड्याएका एट्लेटिकोका चार समर्थकलाई जेल सजाय
भिनिसियसको पुतला झुन्ड्याएका एट्लेटिकोका चार समर्थकलाई जेल सजाय
१२ वर्षपछि टी–२० फर्म्याटमा भिड्दै नेपाल र स्कटल्यान्ड
१२ वर्षपछि टी–२० फर्म्याटमा भिड्दै नेपाल र स्कटल्यान्ड
एकै खेलमा ३ रातोसहित ७ कार्ड, २१ फउल
एकै खेलमा ३ रातोसहित ७ कार्ड, २१ फउल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP