काठमाडौं । तेस्रो टी-ट्वान्टी क्रिकेटमा घरेलु टोली भारतले दक्षिण अफ्रीकालाई हराएको छ।
मंगलबार राति भएको खेलमा भारतले पाहुना टोली दक्षिण अफ्रीकालाई ४८ रनले हराएको हो ।
यस जितपछि पनि भारत ५ खेलको सिरिजमा २-१ ले पछि रहेको छ ।
भारतले दिएको १ सय ८० रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रीकाले १९ ओभर १ बलमा अलआउट हुँदै १ सय ३१ रनमा समेटियो ।
दक्षिण अफ्रीकाका लागि हेन्रिच क्लासेनले २९ रन जोडे ।
यस्तै वायन पर्नेलले अविजित २२ तथा रिजा हेन्ड्रिक्सले २३ रन बनाए । ड्वाने प्रिटोरिउस २० रनमा आउट भए ।
भारतका हर्सल पटेलले ४ तथा युजभेन्द्र चाहलले ३ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७९ रन जोडेको थियो ।
भारतका रुतुराज गायकवाडले ५७ रनको अर्धशतकीय इनिङ खेल्दा इशान किशानले ५४ रनको अर्धशतकीय इनिङ खेले ।
त्यस्तै हार्दिक पाण्डयले अविजित ३१ रन बनाए ।
दक्षिण अफ्रीकाका ड्वाने प्रिटोरिउसले २ विकेट लिए ।