• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
प्रदेश संरचना बनाउन संघलाई राखेपको निर्देशन
हिम बिक्रम केसी
मंगलबार, जेठ ३१, २०७९ हिम बिक्रम केसी
प्रदेश संरचना बनाउन संघलाई राखेपको निर्देशन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले प्रदेश संरचना निर्माण गर्न राष्ट्रिय खेल संघलाई पत्र काटेको छ । 

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आएको र नियमावली बनी नसकेको उल्लेख गर्दै राखेपले ऐनको परिच्छेद ६ को नियम २२, २३ र २४ मा व्यवस्था भए अनुसार आ आफ्नो संघको प्रदेश र जिल्लाको संरचना प्रदेश खेलकुद विकास परिषदसँग समन्वय गरि तयार गर्न भनेको हो ।  

राष्ट्रिय खेलकुद विकास ऐनको परिच्छेद ६ मा संघको गठन र दर्ता सम्बन्धी व्यवस्था छ । नियम २२ मा खेल संघ स्थापना गर्न सकिने, नियम २३ मा राष्ट्रिय खेल संघ वा महासंघ गठन र नियम २४ मा प्रदेश तथा स्थानीय स्तरमा खेल संघ गठन तथा खेल संरचना निर्माण सम्बन्धि व्यवस्था छ । 

खेलकुद ऐनले ऐन प्रारम्भ भएको मितिले दुई वर्षभित्र कम्तीमा चार प्रदेशमा प्रदेश खेल संघ गठन गर्नुपर्ने व्यवस्था गरेका छ । कम्तीमा ५ जिल्ला खेल संघ आपसमा मिलेर प्रदेश खेल संघ गठन गर्न सकिने व्यवस्था ऐनले गरेको छ । र प्रदेश र जिल्ला खल संघ प्रदेश कानुनमा व्यवस्था भए अनुसार खेलकुद सम्बन्धी संरचना निर्माण गर्न सक्ने राष्ट्रिय खेलकुद विकास ऐनले प्रस्ट ब्यवस्था गरेको छ । तर ऐन जारी भएको लामो समय बितिसक्दा समेत अधिकांश खेलकुद संघले प्रदेश र स्थानीय तहमा आफुलाई दर्ता गरेका छैनन् । 

राखेपमा संघ संस्था समन्वय शाखाका प्रमुख सरोजकुमार पोखरेलले प्रदेश कानुन अनुसार प्रदेश र जिल्ला संरचना बनाएर आउन खेल संघलाई पत्राचार गरिएको खेलपाटीलाई बताए । 

'नयाँ ऐन अनुसार संरचना बनाउने कुरा हो । ऐनले निर्देशित गरे अनुसार प्रदेश र जिल्लाको संरचना निर्माण गर्न राष्ट्रिय संघलाई स्मरण गराएका छौं ।' पोखरेलले भने, 'नयाँ ऐन आउने बित्तिकै हामीले सबै संघलाई जानकारी गराएका हौं । अहिले ऐन कार्यान्वयन गर्न स्मरण मात्र गराएका हौं ।'

अधिकांश राष्ट्रिय खेल संघको आफ्नै पुरानो संरचना छ । पुरानै ऐन अनुसार बनेको खेल संघको संरचनालाई राष्ट्रिय खेलकुद विकास ऐन २०७७ ले चिन्दैन । 

'सबै खेलको आफ्नै खेलकुदको संरचना छ । खेलकुद ऐन अनुसार प्रदेशको कानुनले चिन्ने गरि प्रदेश र जिल्लाको संरचना बनाएर आउन राष्ट्रिय संघलाई भनेका हौं ।' पोखरेलले भने । 

खेलकुद ऐन प्रारम्भ भएको मितिले दुई वर्षभित्र संघ, प्रदेश र स्थानीय तहका खेल संघ दर्ता गर्नुपर्ने व्यवस्था भएपनि अधिकांश खेल संघले प्रक्रिया अघि बढाएका छैनन् ।

राष्ट्रिय खेलकुद ऐन कार्यान्वनमा आएको असार १८ गते दुई वर्ष पुग्नेछ । सो समय अघिनै खेलकुद संघले प्रदेश कानुन अनुसार प्रदेश र जिल्लाको संरचना निर्माण गरिसक्नुपर्नेछ । 
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
पुलिसको जितमा समीरको ह्याट्रिक
पुलिसको जितमा समीरको ह्याट्रिक
भोलि फर्किँदै महिला टोली
भोलि फर्किँदै महिला टोली
मुसियाला लामो समय मैदान बाहिर रहने
मुसियाला लामो समय मैदान बाहिर रहने
ओडिआई वरीयतामा नेपाल यथावत्
ओडिआई वरीयतामा नेपाल यथावत्
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP