कोम्पनी बर्नलीको मुख्य प्रशिक्षक
मंगलबार, जेठ ३१, २०७९खेलपाटी संवाददाता

काठमाडौं । च्याम्पियनसिप क्लब बर्नलीले बेल्जियमका पूर्व डिफेन्डर भिन्सेन्ट कोम्पनीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
प्रिमियर लिगबाट रेलिगेसनमा परेको बर्नलीले मंगलबार कोम्पनीलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
म्यानचेस्टर सिटीका पूर्व कप्तान कोम्पनीले यसै वर्ष बेल्जियन क्लब एण्डरलेच्टको मुख्य प्रशिक्षक पद छाडेका छन् ।
उनी २०२० को अगस्टमा एण्डरलेच्टको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।
उनले एण्डरलेच्टका लागि ९५ खेलमा ४३ जित दिलाएका थिए ।
कोम्पनी बर्नलीको मुख्य प्रशिक्षक













-1763024272658.jpeg&w=3840&q=75)