काठमाडौं । लिभरपुलका फरवार्ड मोहमद सलाहले पीएफए प्लेयर अफ द इयर अवार्ड जितेका छन् ।
प्रोफेसनल फुटबलर एसोसिएसन (पीएफए) ले सलाहलाई पुरुषतर्फको अवार्ड प्रदान गरेको हो ।
सलाहले अवार्ड जित्ने क्रममा मनोनयनमा परेका अन्य ५ खेलाडीलाई पछि पारे ।
अवार्डका लागि मनोनयनमा म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डे ब्रुएना, लिभरपुलका साडियो माने, भिर्गिल भान डाइक, टोटेनहमका ह्यारी केन र म्यानचेस्टर युनाईटेडक क्रिस्टियानो रोनाल्डो परेका थिए ।
सलाहले यस सिजन प्रिमियर लिगमा २४ गोल गर्दै गोल्डेन बुट जितेका थिए ।
यस्तै महिलातर्फको अवार्ड चेल्सीकी साम केरले जितिन् ।
म्यानचेस्टर सिटीका फिल फोडेनले योङ प्लेयर अफ द इयर अवार्ड जिते ।