काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा स्पेनले साँघुरो जित निकालेको छ ।
समूह चरण अन्तर्गत बिहीबार राति स्पेनले स्विजरल्याण्डलाई १-० गोल अन्तरले हराएको हो ।
स्पेनको जितमा पाब्लो सराबियाले निर्णायक गोल गरे ।
खेलको १३ औं मिनेटमा लोरेन्टको पासमा सराबियाले निर्णायक गोल गरेका हुन् ।
यस जितसँगै लिग ए समूह २ को स्पेनले ३ खेलमा ५ अंक जोडेको छ ।
स्पेन समूहको दोस्रो स्थानमा छ ।
स्विजरल्याण्ड अंक विहीन रहदै पुछारमा रहेको छ ।