पोर्चुगलको सहज जित
बिहिबार, २६ जेठ २०७९खेलपाटी संवाददाता

काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा पोर्चुगलले सहज जित निकालेको छ ।
समूह चरण अन्तर्गत बिहीबार राति पोर्चुगलले चेक रिपब्लिकलाई २-० गोल अन्तरले हराएको हो ।
पोर्चुगलको जितमा जोआ कान्सेलो र गोन्कालो गुएडेसले एक एक गोल गरे ।
खेलको ३३ औं मिनेटमा कान्सेलोले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ३८ औं मिनेटमा गुएडेसले गोल गर्दै पोर्चुगललाई २-० को जित दिलाए ।
यस जितसँगै लिग ए समूह २ को पोर्चुगलले ३ खेलमा ७ अंक जोडेको छ ।
पोर्चुगल समूहको शीर्ष स्थानमा उक्लिएको छ ।
चेक ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
पोर्चुगलको सहज जित









-1770830065585.jpeg&w=3840&q=75)




-1770799852128.png&w=3840&q=75)
