काठमाडौं । न्युकासल युनाईटेडले डिफेन्डर म्याट टार्गेटलाई स्थायी खेलाडीको रुपमा अनुबन्ध गरेको छ ।
न्युकासलले इंग्लिस डिफेन्डरलाई स्थायी खेलाडीको रुपमा अनुबन्ध गरिएको जनाएको छ ।
गत सिजन एस्टन भिल्लाबाट म्याटलाई न्युकासलले लोनमा ल्याएको थियो ।
गत सिजन म्याटले न्युकासलका लागि १६ प्रिमियर लिग खेलेका थिए ।
२६ वर्षीय डिफेन्डर २०१९ मा साउथह्याम्पटनबाट एस्टन आएका थिए ।