काठमाडौं । इंग्लिस क्लब लिड्स युनाईटेड डेनमार्कका डिफेन्डर रास्मुस क्रिस्टेनसेनलाई अनुबन्ध गरेको छ ।
प्रिमियर लिग क्लब लिड्सले आरबी साल्जवर्गबाट डिफेन्डर क्रिस्टेनसेनलाई अनुबन्ध गरेको हो ।
२४ वर्षीय डिफेन्डर क्रिस्टेनसेनले लिड्ससँग पाँच वर्षको सम्झौता गरेका छन् ।
लिड्सले सम्झौता रकम भने खुलाएको छैन ।
राइट ब्याक क्रिस्टेनसेनले गत सिजन साल्जवर्गका लागि ४४ खेलमा १० गोल गरेका थिए ।
डेनमार्कका लागि उनले ६ खेल खेलेका छन् ।