काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा नेदरल्यान्ड्सले जित निकालेको छ ।
समूह चरण अन्तर्गत बुधबार राति नेदरल्यान्ड्सले वेल्सलाई २-१ गोल अन्तरले हराएको हो ।
ट्युन कोपमेनर्सले ५० औं मिनेटमा गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए।
डाभिसले खेलको इन्जुरी समयको दोस्रो मिनेटमा गोल गर्दै वेल्सलाई १-१ गोलको बराबरीमा ल्याए ।
तर, इन्जुरी समयको चौंथो मिनेटमा वोउट वेइघोर्स्टले गोल गर्दै नेदरल्यान्ड्सलाई २-१ को जित दिलाए ।
यस जितसँगै लिग ए ग्रुप ४ को नेदरल्यान्ड्सले २ खेलमा ६ अंक जोडेको छ । नेदरल्यान्ड्स शीर्ष स्थानमा रहेको छ ।
लगातार दुई हार व्यहोरेको वेल्स पुछारमा रहेको छ ।