सन्दीप र कुशलको वरीयता खस्कियो
बुधबार, जेठ २५, २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेको टी-ट्वान्टी वरीयता खस्किएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार सन्दीपको बलिङ वरीयता खस्किएको हो ।
बलिङ वरीयतामा सन्दीप एक स्थान तल झर्दै ३९ औं स्थानमा रहेका छन् ।
बलिङतर्फ नेपालका अविनास बोहरा ८९ औं स्थानमा रहेका छन् ।
ब्याटिङतर्फ नेपालका कुशल भुर्तेल र दिपेन्द्र सिंह ऐरीको वरीयता खस्किएको छ ।
कुशल ३८ औं स्थानमा झरेका छन् । यस्तै दिपेन्द्र ४० औं स्थानमा झरेका छन् ।
ब्याटिङतर्फ नेपालका आसिफ शेख ९९ औं स्थानमा छन् ।
अलराउण्डरतर्फ दिपेन्द्रको वरीयता यथावत रहेको छ ।
दिपेन्द्र १० औं स्थानमा छन् ।
सन्दीप र कुशलको वरीयता खस्कियो








-1762758084543.jpg&w=3840&q=75)





-1762763443397.jpg&w=3840&q=75)