• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
जोर्डन भर्सेस नेपाल : म्याच प्रिभ्यु
हेम राज हमाल
बुधबार, जेठ २५, २०७९ हेम राज हमाल
जोर्डन भर्सेस नेपाल : म्याच प्रिभ्यु

काठमाडौं । कुवेतको जाबिर अल अहमद स्टेडियममा नेपालले आज राति एएफसी एसियन कप छनोटको पहिलो खेलमा जोर्डनको सामना गर्दैछ । समूह 'ए' को सबैभन्दा तल्लो वरीयतामा रहेको नेपाललाई इतिहासमा पहिलो पटक एएफसी एसियन कपमा पुग्ने महत्वाकांक्षाको परिक्षण गर्ने अवसर छ ।

नेपालको छनोट हुने लक्ष्य भन्नु अहिलेलाई सान्दर्भिक नहोला । यो कुरा प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले आफै स्वीकारेका छन् । यो भनाइपछि उनीविरुद्ध खेलाडीको मनोबल घटाएको आरोप लाग्यो । सुरुमै हार स्वीकारेको भन्दै आलोचना गरियो । यद्दपी वास्तविकता यहि हो ।  

तर, मैदानमा उत्रिँदा 'अगेन्स्ट अल अड्स' सबै टोली जितको लागि नै उत्रिन्छन् । आखिर खेल न हो नतिजा जे पनि हुन सक्छ ।

हरेक भिडन्तमा आफूमाथि दबदबा राखेको जोर्डनसँग सामना गर्दा गोर्खालीले ठुलो मेहनत भने गर्नुपर्छ । जोर्डनले चार खेलमा नेपालविरुद्ध १६ गर्दा नेपालले आजसम्म उसलाई १ गोल मात्र फर्काउन सकेको तथ्य छ । भरत खवासले जोर्डनविरुद्दको एकमात्र गोल गरेका छन् । हाल उनी राष्ट्रिय टोलिमा छैनन् । 

एसियन कप छनोट : जोर्डनको सामना गर्दै नेपाल

कतारमा १० दिनको बसाई सकेर मध्यपूर्वको वातावरण अनुकूल बनाउन नेपाल केही दिनअघि कुवेत आइपुगेको थियो । नेपालले जोर्डन पछि जेठ २८ गरे घरेलु टोली कुवेत र ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ ।

समूहको शीर्ष टोलीले एसियन कपमा स्थान बनाउने छन् । यस्तै उत्कृष्ट हुने दोस्रो टोलीले समेत एसियन कप खेल्नेछ ।

आज नेपाल बलियो टिम जोर्डनविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने योजनासहित मैदान उत्रनेछ । तर, मुख्य ११ खेलाडी बिना कुवेत पुगेको नेपाली टोलीलाई जोर्डनविरुद्ध सुखद नतिजा सजिलो छैन । नियमित कप्तान किरण चेम्जोङसहितका ११ सिनियर खेलाडी टिम बाहिर रहेका छन् । मुख्य प्रशिक्षक अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै बैशाख १३ गते १० सिनियर खेलाडीले बन्द प्रशिक्षण छाडेका थिए ।

विभिन्न उतारचढाव बेहोर्दै नेपाली टोलि अन्तत: परीक्षाको घडीमा आइपुगेको हो । उसो त नेपाली टोलि अहिले पूर्णतया 'सेट' भईसकेको छैन । सिनियर खेलाडीसँगको विवादपछि प्रशिक्षक अलमुताईरीले जुनियर खेलाडीलाई समेट्दै नयाँ टोलि त तयार पारे तर एसियन कप छनोट जस्तो ठुलो स्तरमा के यो टोलीले बलियो चुनौती पेश गर्ला ? आम समर्थक यसैको पर्खाइमा छन् ।  एउटा 'दुर्घटनावश' तयार भएको टोलीले के अलमुताईरीको 'रिस्की मुभ' लाई सहि साबित गर्ला ?

प्रश्नहरु धेरै छन् र आज सबै प्रश्नको उत्तर दिने दिन हो । 'ट्रान्जिसन फेज' बाट गुज्रिरहेको नेपाली टोलीको प्रदर्शनमा आज सम्पूर्ण नेपालीको नजर छ । चासो छ नतिजा कस्तो आउला !

'हामी सन् २०२६ को विश्वकप छनोटको तयारी गरिरहेका छौं । हामीसँग ११ नयाँ खेलाडी छन् र  उनीहरुको औसत उमेर २१ वर्ष छ,'  अलमुताईरीले प्रि म्याच कन्फेरेन्समा भनेको यसै लाइनबाट बुझ्न सकिन्छ कि उनी भविष्यको लागि यो टोलीलाई तयार बनाइरहेका छन् ।

May be an image of 2 people and people standing

यो बिचमा नेपालले बलिया टोलिसँग अभ्यास खेल खेल्यो । नेपालले दोहामा टिमोर लिस्टेको यू-२३ टोलीसँग २-२ को बराबरी, श्रीलंकासँग १-१ को बराबरी र ओमानसँग २-० को हार व्यहोरेको थियो ।

जोर्डनले भने एसियन कप प्रतियोगिताको पछिल्ला तीन संस्करणमा भाग लिएको छ । लगातार चौथो पटक उसको आँखा एएफसी एसियन कपमा छ । अदनान हमादको टोलिले पछिल्लो केही दिन भारत र अष्ट्रेलियाविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै क्वालिफायरको लागि तयारी गरेको थियो । उसले भारतलाई २-० ले हराउँदा अष्ट्रेलियासँग २-१ ले पराजित भएको थियो ।

जोर्डनविरुद्ध नेपाल हेड टू हेड:

यसअघि दुवै पक्षबीच चार पटक भिडन्त भएको छ । जसमध्ये नेपालले कुनै खेल जित्न सकेको छैन । तीन खेल हारेको छ भने एक खेलमा  बराबरको नतिजा निकालेको छ । यी दुई टोलीको अन्तिम भेट विश्वकप एसिया छनोटमा भएको थियो । विश्वकप छनोटमा पनि जोर्डन दुवै लेगमा ३-०/३-० ले विजयी भएको थियो ।

टिम जानकारी - जोर्डन :

१९ खेलमा ६ गोल गरेका जोर्डनका अलि ओल्वान उत्कृष्ट लयमा छन् । मुख्य प्रशिक्षक अदनान हमादको लागि बेन्चबाट पनि हम्जा अल-दर्दोर विकल्पमा छन् । बेल्जियनमुलका जोर्डनी खेलाडी मुसा अल-तामारी अस्ट्रेलियासँग पराजित भएको खेलमा सबैको नजरमा थिए । विङ्ग  पोजिसनमा नेपालविरुद्ध उनी घातक हुन सक्छन् । जोर्डनले पछिल्लो एघार खेलमा ५४.५५% खेलमा औसत २.५ भन्दा बढी गोल र ४५.४५% खेलमा औसत २.५ भन्दा कम गोल गरेको छ । जोर्डनले पछिल्लो ५ खेलमा मात्र १२ गोल गरेको छ ।

जोर्डनको सम्भावित  ११ :

जोर्डन (४-१-४-१): याजिद अबु लैला, इहसान हद्दाद, तारेक खट्टाब, याजान अल-अरब, मोहम्मद अबू हशीश, बहा अब्देल रहमान, मुसा अल-तामारी, नूर अल-रावब्देह, अहमद समीर, शारारा, अली ओलवान ।

टिम जानकारी - नेपाल :

कप्तान र वर्तमान टिममा शीर्ष गोलकर्ता नवयुग श्रेष्ठले फेरि एक पटक गोर्खालीको लागि अग्रपंक्तिमा नेतृत्व गर्नेछन् । पछिल्ला खेलहरुमा नेपालको लागि राम्रो लयमा रहेका दर्शन गुरुङको साथ उनले पाउने छन् । अन्य नयाँ खेलाडीले पनि डेब्यु गर्ने सम्भावना छ । अब्दुल्लाह बटालियनका केहि पुराना अनुहार पुजन उपरकोटी, आयुष घलान, मनिष डाँगी, सुमन अर्यालले सुरुवात गर्न सक्छन । तीन गोलकिपर दीप कार्की, विशाल सुनार, टिकेन्द्रसिंह थापामध्ये एकले बुधबार अन्तर्राष्ट्रिय खेलमा डेब्यु गर्ने पक्का छ । नेपालको पछिल्लो ११ खेलमा २७.२७% खेलमा २.५ भन्दा बढी गोल औषत र ७२.७३% खेलमा २.५ भन्दा कम गोल औषत रहेको छ । नेपालले पछिल्लो ५ खेलमा ४ गोल गरेको छ ।

नेपालको सम्भावित  ११ :

नेपाल (४-३-३): दिप कार्की, सुमन अर्याल, बिकाश तामाङ, राजन गुरुङ, गौतम श्रेष्ठ, सुरज ज्यु ठकुरी, सन्तोष तामाङ, पुजन उपरकोटी,  नवयुग श्रेष्ठ, आयुष घलान, सुनिल बल ।

जोर्डन भर्सेज नेपाल अन्तिम नतिजा :

दुवै टोलीले आ-आफ्नो पछिल्लो खेलमा पराजय व्यहोरेर आएका छन् । यद्दपी यो खेलमा जोर्डन प्राबिधिक पक्षमा मात्र होइन कागजमा समेत राम्रो देखिन्छ । फिफाको पछिल्लो वरीयतामा नेपाल हाल १६८औँ स्थानमा छ भने जोर्डन नेपालभन्दा निकै माथि ९१औँ स्थानमा रहेको छ । नेपाललाई पराजित गर्न र जितका साथ आफ्नो अभियान सुरु गर्न जोर्डनलाई सायद अप्ठ्यारो नहोला ।

फाइनल स्कोर : जोर्डन ३-१ नेपाल (खेलपाटी अनुमान)

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘डार्क हर्स’ बन्ने लक्ष्यमा नेपाल
‘डार्क हर्स’ बन्ने लक्ष्यमा नेपाल
यु–२० एसियन कप छनोट खेल्ने नेपाली टोलीको बिदाइ
यु–२० एसियन कप छनोट खेल्ने नेपाली टोलीको बिदाइ
एमबाप्पेलाई अब जर्सी नम्बर १०
एमबाप्पेलाई अब जर्सी नम्बर १०
सम्हालिन सकेन एपिएफ
सम्हालिन सकेन एपिएफ
प्रतियोगिता खेल्न मध्य एसियातिर पुग्यो भारत
प्रतियोगिता खेल्न मध्य एसियातिर पुग्यो भारत
तीन वर्षपछि पुनः स्पेनको मैदानमा उत्रिँदै रोनाल्डो
तीन वर्षपछि पुनः स्पेनको मैदानमा उत्रिँदै रोनाल्डो
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपालको ‘होर ई स्पोर्ट्स’ पब्जी विश्वकपको फाइनलमा
नेपालको ‘होर ई स्पोर्ट्स’ पब्जी विश्वकपको फाइनलमा
अभिषेक टी–२० आई वरीयतामा नम्बर १ ब्याटर
अभिषेक टी–२० आई वरीयतामा नम्बर १ ब्याटर
राजीवको नेतृत्वमा एथलेटिक्स संघको नयाँ कार्यसमिति 
राजीवको नेतृत्वमा एथलेटिक्स संघको नयाँ कार्यसमिति 
‘डार्क हर्स’ बन्ने लक्ष्यमा नेपाल
‘डार्क हर्स’ बन्ने लक्ष्यमा नेपाल
नेपाल स्कुल फुटबल यु–१८ लिग शनिबारबाट
नेपाल स्कुल फुटबल यु–१८ लिग शनिबारबाट
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP