रोनाल्डोको कीर्तिमान
मंगलबार, २४ जेठ २०७९खेलपाटी संवाददाता

काठमाडौं । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो अन्तराष्ट्रिय फुटबलमा पेनाल्टी गोल बाहेक १०० गोल पूरा गर्ने पहिलो पुरुष खेलाडी बनेका छन् ।
यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत स्विजरल्याण्डविरुद्ध दुई गोल गरेसँगै रोनाल्डोले उक्त कीर्तिमान बनाएका हुन् ।
समूह चरण अन्तर्गत आइतबार राति पोर्चुगलले स्विजरल्याण्डलाई ४-० गोल अन्तरले हराएको थियो । जसमा रोनाल्डोले दुई गोल गरे ।
रोनाल्डोले पोर्चुगलका लागि १ सय १७ औं गोल समेत पूरा गरे । उनले १ सय ८८ खेल खेल्दै उक्त गोल गरेका हुन् ।
रोनाल्डोले पोर्चुगलका लागि पेनाल्टी बाहेक १ सय १ गोल गरेका छन् ।
रोनाल्डोले १६ गोल भने पेनाल्टीबाट गरेका छन् ।
रोनाल्डोको कीर्तिमान









-1770830065585.jpeg&w=3840&q=75)




-1770799852128.png&w=3840&q=75)
