एपीएफ क्वाटरफाइनलमा

फाइल तस्बिर
काठमाडौं । विभागीय टोली एपीएफ क्लब चौंथो स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
पिप्ले क्याम्पा रंगशालामा आइतबार फ्रेन्ड्स क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै एपीएफ क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
अब एपीएफले क्वाटरफाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबको सामना गर्नेछ।
खेलको २९औं मिनेटमा नविन लामाको पेनाल्टी गोलबाट एपीएफले सुरुआती अग्रता बनाएको थियो । खेलको ७७ औं मिनटमा सबिन गुरुङले गोल गर्दै एपीएफलाई २-० को अग्रता दिलाए ।
त्यसपछि खेलको इन्जुरी समयमा रबि थिंगले गोल गर्दै एपीएफलाई ३-० को जित दिलाए ।
खेलमा एपीएफका प्रदिप लामा म्यान अफ द म्याच घोषित भए । उनले नगद १० हजार र ट्रफी हात पारे ।
प्रतियोगिता अन्तर्गत आइतबार दिउँसो ३ बजे नेपाल पुलिस क्लब र खुमलटार युथ क्लब भिड्ने छन् ।
प्रतियोगिताको विजेताले १५ लाख तथा उपविजेताले १० लाख प्राप्त गर्ने आयोजकले जनाएको छ ।









-1770830065585.jpeg&w=3840&q=75)




-1770799852128.png&w=3840&q=75)
