एरिक्सनमाथि युनाईटेडको नजर
आइतबार, २२ जेठ २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाईटेडले मिडफिल्डर क्रिस्टियन एरिक्सनलाई अनुबन्धको लागि तयारी थालेको छ ।
युनाईटेडले डेनमार्कका मिडफिल्डर एरिक्सन अनुबन्धका लागि तयारी गरेको डेली मिररले जनाएको छ ।
एरिक्सनलाई फ्री ट्रान्सफरमा अनुबन्ध गर्न युनाईटेडले योजना बनाएको बताईएको छ ।
एरिक्सनको ब्रेन्टफोर्डसँगको सम्झौता जुन अन्तिममा सकिदैछ ।
एरिक्सनले गत सिजन ब्रेन्टफोर्डसँग सिजनको अन्तिमसम्मका लागि सम्झौता गरेका थिए ।
३० वर्षीय एरिक्सन दुई वर्षपछि प्रिमियर लिग फर्किएका हुन् ।
एरिक्सन सन् २०२० मा टोटेनहमबाट इन्टर मिलान गएका थिए ।
एरिक्सनमाथि युनाईटेडको नजर









-1770830065585.jpeg&w=3840&q=75)




-1770799852128.png&w=3840&q=75)
