माने सर्वाधिक गोलकर्ता
आइतबार, २२ जेठ २०७९खेलपाटी संवाददाता

काठमाडौं । फरवार्ड साडियो माने सेनेगलका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।
अफ्रीका कप अफ नेसन्सको छनोट अन्तर्गत बेनिनविरुद्ध ह्याट्रिक पूरा गर्दै माने सर्वाधिक गोलकर्ता बनेका हुन् ।
२९ वर्षीय मानेले लागि ९० खेलमा ३२ गोल पूरा गर्दै सेनेगलका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका हुन् ।
मानेले हेनरी कामराको नाममा रहेको २९ गोलको कीर्तिमान तोडेका हुन् ।
लिभरपुलका मानेले २०१२ मा सेनेगलका लागि डेब्यु गरेका थिए ।
माने सर्वाधिक गोलकर्ता









-1770830065585.jpeg&w=3840&q=75)




-1770799852128.png&w=3840&q=75)
