काठमाडौं । पोर्चुगिज क्लब बेन्फिकाले रोजर स्मिटलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
बेन्फिकाले जर्मन प्रशिक्षक रोजरलाई टिम हेर्ने जिम्मेवारी दिईएको जनाएको छ ।
५५ वर्षीय प्रशिक्षकले बेन्फिकासँग दुई वर्षको सम्झौता गरेका छन् ।
उनी २०२४ सम्म बेन्फिकामा रहने छन् ।
यस अघि रोजर डच क्लब पीएसभीका मुख्य प्रशिक्षक रहेका थिए ।
रोजरले जर्मन क्लब बायर लिभरकुसेन, अष्ट्रियाको आरबी साल्जवर्ग लगायतको क्लब हेरिसकेका छन् ।