काठमाडौं । गाबोनका फरवार्ड पिएरे एमरिक अबमेयाङले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् ।
गाबोन फुटबल एसोसियसनले स्पेनिस क्लब बार्सिलोनाका फरवार्ड अबमेयाङले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएको जनाएको छ । अबमेयाङले सन्यासबारे पत्र पठाएलो गाबोन एफएले जनाएको छ ।
३२ वर्षीय फरवार्ड गाबोनका लागि सर्वाधिक गोलकर्ता हुन् । गाबोनका लागि उनले ७२ खेल ३० गोल गरेका छन् ।
आर्सनलका पूर्व स्ट्राइकर अबमेयाङ गत सिजन फ्री ट्रान्सफरमा बार्सिलोना आएका हुन् ।
अबमेयाङले बार्सिलोनासँग २०२५ सम्मको सम्झौता गरेका छन् ।