काठमाडौं । जर्मन क्लब फ्रान्कफुर्टले युरोपा लिग फुटबलको उपाधि जितेको छ ।
बुधबार राति भएको फाइनलमा रेन्जर्सलाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले हराउँदै फ्रान्कफुर्ट च्याम्पियन बनेको हो ।
खेलको निर्धारित र थप गरिएको अतिरिक्त समय १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको हो ।
पेनाल्टीमा फ्रान्कफुर्टले बाजी मार्यो ।

पेनाल्टी सुटआउटमा राफेल सान्तोस बोरे मुरे, फिलिप कोस्टिक, दाइची कामडा, एडिन ह्रुस्टिक र क्रिस्टोफर लेन्जले गोल गरे।
रेन्जर्सका आरोन रामसे पेनाल्टीमा चुके । केमार रोफ, स्कोट आर्फिल्ड, स्टेभेन डेभिस र जेम्स टाभेनरले गोल गरे ।
पेनाल्टी अघि ५७ औं मिनेटमा जोइ अरिबोले गोल गर्दै रेन्जर्सलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, ६९ औं मिनेटमा राफेल सान्तोसले गोल गर्दै फ्रान्कफुर्टलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।
फ्रान्कफुर्ट सन् १९९७ पछि युरोपा लिग जित्ने पहिलो बुन्डेसलिगा क्लब बनेको छ ।