काठमाडौं । महाबिर क्लबले सहिद स्मारक 'सी' डिभिजन लिगमा जित निकालेको छ ।
एन्फा कप्लेक्स सातदोबाटोमा बुधबार भएको खेलमा महाबिरले खालीबारी युथ क्लबलाई २-१ गोल अन्तरले हराएको हो ।
खेलमा सुरुआती अग्रता भने खालीबारीले बनाएको थियो ।
महाबिरका लक्ष्मण विडारीको आत्मघाती गोलबाट खालीबारीले अग्रता बनाएको थियो ।
तर, रोमन तामाङले पेनाल्टीमार्फत गोल गर्दै महाबिरलाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि रोमनले व्यक्तिगत दोस्रो गोल गर्दै महाबिरलाई २-१ को जित दिलाए ।
जितसँगै महाबिरले ८ खेलमा १२ अंक जोडेको छ ।
महाबिर छैटौं स्थानमा रहेको छ ।
खालीबारी १० अंक जोडेर आठौं स्थानमा रहेको छ ।
'सी' डिभिजनमा १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।
लिगका शीर्ष दुई टिम 'बी' डिभिजनमा बढुवा हुनेछन् । दुई टिम रेलिगेशनमा पर्नेछन् ।