काठमाडौं । अमेरिकाको राष्ट्रिय महिला फुटबल टिमले पुरुष खेलाडी सरह समान तलब र सेवा सुविधा पाउने भएका छन्।
युएस सकर फेडेरेसनले बुधबार महिला खेलाडीलाई पुरुष सरहको तलब र सेवा सुविधा प्रदान गर्ने निर्णय गरेको हो ।
युएस सकर फेडेरेसनले बुधबार युएस वुमन्स नेसनल टिम प्लेयर एसोसियन र युएस मेन्स नेसनल टिम प्लेयर एसोसियनसँग सम्झौता गरेको छ ।
सम्झौता अनुसार महिला खेलाडीले फिफा विश्वकपको पुरस्कार राशीमा पुरुष बराबरी पाउने छन् ।
हरेक खेलमा पुरुष बराबरी बोनस पाउने छन् । यस्तै व्यावसायिक साझेदारीबाट आएको राजस्व पुरुष बराबर पाउने छन्।
पछिल्लो समय महिला खेलाडीले पुरुष बराबर तलब र सेवा सुविधाको माग गर्दै आईरहेको थियो ।
पुरुष खेलाडी समान तलब पाउनुपर्ने मागसहित २८ महिला खेलाडीले गत २०१९ मा मुद्दा दर्ता गरेका थिए । तर, त्यस मुद्दा अदालतले खारेज गरेको थियो ।