काठमाडौं । इटालियन क्लब युभेन्ट्सले मिडफिल्डर पाउल पोग्बा अनुबन्धका लागि तयारी थालेको छ ।
म्यानचेस्टर युनाईटेडका मिडफिल्डर पोग्बालाई युभेन्ट्सले तीन वर्षे सम्झौताका लागि प्रस्ताव गरेको गोल डटकमले जनाएको छ ।
वार्षिक ७.५ मिलियन युरो पाउने गरि युभेन्ट्सले पोग्बालाई प्रस्ताव गरेको बताईएको छ ।
पछिल्लो समय पोग्बा युनाईटेडमा खुसी छैनन् ।
फ्रान्सेली मिडफिल्डर पोग्बा युनाईटेड छाड्ने तयारीमा छन् ।
२९ वर्षीय पोग्बा २०१६ मा युभेन्ट्सबाट युनाईटेड फर्किएका थिए ।