काठमाडौं । मिडफिल्डर थियागो अलकान्तराले लिभरपुलको प्लेयर अफ द मन्थ अवार्ड जितेका छन् ।
अप्रिल महिनामा लिभरपुलको उत्कृष्ट खेलाडी बन्दै थियागोले प्लेयर अफ द मन्थ अवार्ड जितेका हुन् ।
लिभरपुलले अप्रिलमा खेलेको हरेक खेलमा थियागो मुख्य भूमिकामा देखिएका थिए । लिभरपुलले अप्रिलमा कुल ९ खेल खेल्दा ७ जित निकालेको थियो ।
थियागोले लुइस डियाज र साडियो मानेलाई पछि पार्दै यस अवार्ड जितेका हुन् ।
अवार्ड जितेपछि स्पेनिस मिडफिल्डर थियागोले अप्रिल महिना निकै सानदार महिना भएको बताए ।
