काठमाडौं । इंग्लिस क्लब लिभरपुलका पूर्व डिफेन्डर मार्टिन स्क्रिटेलले फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका छन् ।
मार्टिनले ३७ वर्षको उमेरमा फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका हुन् ।
स्लोभाकियामा पत्रकार सम्मेलन गर्दै स्वास्थ्यको कारण देखाएर मार्टिनले सन्यास घोषणा गरेका हुन् ।
सेन्टर ब्याक मार्टिनले आठ वर्ष लिभरपुलमा बिताएका थिए ।
सन् २०१६ मा लिभरपुल छाड्नु अघि उनले ३ सय २० खेल खेलेका थिए ।
स्लोभाकियाका लागि उनले १ सय ४ खेल खेलेका थिए ।