काठमाडौं । इंग्लिस क्लब चेल्सीले च्याम्पियन्स लिग फुटबलमा आफ्नो स्थान पक्का गरेको छ ।
प्रिमियर लिगमा शीर्ष चार पक्का गर्दै चेल्सीले च्याम्पियन्स लिगमा स्थान बनाएको हो ।
प्रिमियर लिग अन्तर्गत सोमबार राति आर्सनल पराजित भएपछि चेल्सीको शीर्ष चार पक्का भएको हो । आर्सनललाई न्युकासलले २-० ले हराएको थियो ।
चेल्सी पाँचौं स्थानको आर्सनल भन्दा ४ अंकले अघि रहेको छ । अब लिगमा एक खेल बाँकी रहेको छ ।
चेल्सी ७० अंक जोडेर तेस्रो स्थानमा छ । आर्सनलको ६६ अंक रहेको छ।
प्रिमियर लिगको शीर्ष चार टोलीले च्याम्पियन्स लिगको समूह चरणमा स्थान बनाउने गर्छन ।
चेल्सी च्याम्पियन्स लिगमा साविक विजेता हो ।