काठमाडौं । इटालियन क्लब युभेन्ट्सका स्ट्राइकर पाउलो डिबाला घरेलु मैदानमा अन्तिम खेल खेलेपछि रोएका छन्।
एलिनाज स्टेडियमा सोमबार राति अन्तिम खेल खेलेका डिबाला खेलपछि मैदानमा रोएका हुन् ।
युभेन्ट्स छाड्ने घोषणा गरिसकेका डिबालाले लाजियोविरुद्ध घरेलु मैदानमा अन्तिम खेल खेलेका हुन् । जुन खेलमा युभेन्ट्स २-२ गोलको बराबरीमा रोकिएको थियो ।
लाजियोविरुद्धको खेलपछि डिबाला निकै भावुक बने। उनलाई खेलाडी तथा दर्शकले उठेर सम्मान व्यक्त गरेका थिए।

अर्जेन्टिनाका डिबाला २०१५ मा पालेर्मोबाट युभेन्ट्स आएका थिए ।
२८ वर्षीय डिबालाले युभेन्ट्सका लागि २ सय ९२ खेलमा १ सय १५ गोल गरिसकेका छन् ।
युभेन्ट्सका लागि डिबालाले ५ सिरी ए उपाधि सहित कुल १२ उपाधि जितेका छन् ।
यस्तै डिफेन्डर तथा कप्तान जर्जियो केलिनीले पनि अन्तिम होम खेल खेलेका छन् ।
३७ वर्षीय डिफेन्डरले १७ वर्षपछि युभेन्ट्स छाड्न लागेका हुन् ।