काठमाडौं । आरबी लाइपजिगका मिडफिल्डर क्रिस्टोफर एनकुन्कुले बुन्डेसलिगा फुटबलको प्लेयर अफ द सिजन अवार्ड जितेका छन् ।
बुन्डेसलिगा फुटबलमा २०२१/२२ को सिजन उत्कृष्ट खेलाडी बन्दै क्रिस्टोफरले प्लेयर अफ द सिजन अवार्ड जितेका हुन् ।
रोबर्ट लेवान्डोस्की, एर्लिङ हालाण्ड र प्याट्रिक सिकलाई पछि पार्दै क्रिस्टोफरले प्लेयर अफ द सिजन जितेका हुन् ।
फ्रान्सका २४ वर्षीय क्रिस्टोफरले यस सिजन ३४ खेलमा २० गोल गरेका थिए । यस्तै १३ असिस्ट गरेका थिए ।
यस सिजन लाइपजिग चौंथो स्थानमा रह्यो ।