काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्ट्स बराबरीमा रोकिएको छ ।
सोमबार राति भएको खेलमा युभेन्ट्स लाजियोसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।
घरेलु मैदानमा सुरुआती दुई गोलको अग्रता जोगाउन नसक्दा युभेन्ट्स रोकिएको हो ।
खेलको दशौँ मिनेटमा डुसन भ्लाहोभिचले गोल गर्दै युभेन्ट्सलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ३६ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै युभेन्ट्सको अग्रता २-० को बनाए ।

तर, खेलको ५१ औं मिनेटमा युभेन्ट्सका एलेक्स सान्ड्रोले आत्मघाती गोल गरेपछि खेल २-१ को स्थितिमा आयो ।
त्यसपछि खेलको इन्जुरी समयमा सेर्जिज साभिकले गोल गर्दै लाजियोलाई २-२ गोलको बराबरीमा ल्याएका थिए ।
यस बराबरीसँगै युभेन्ट्सले ३७ खेलमा ७० अंक जोडेको छ ।
युभेन्ट्स चौंथो स्थानमा रहेको छ ।
लाजियो ६३ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।