काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल पराजित भएको छ ।
सोमबार राति भएको खेलमा आर्सनललाई न्युकासल युनाईटेडले २-० गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा न्युकासलले आत्मघाती गोलबाट सुरुआती अग्रता बनाएको थियो ।
खेलको ५५ औं मिनेटमा आर्सनलका बेन ह्वाइटले आत्मघाती गोल गरेका थिए ।

त्यसपछि खेलको ८५ औं मिनेटमा ब्रुनो गुइमारेसले गोल गर्दै न्युकासललाई २-० को जित दिलाए ।
यस जितसँगै न्युकासलले ३७ खेलमा ४६ अंक जोडेको छ ।
न्युकासल १२ औं स्थानमा रहेको छ ।
आर्सनल ६६ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
यस हारले आर्सनलको शीर्ष चारमा रहने आशालाई धक्का लागेको छ ।