काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर अविशेक बराल कम्तिमा ३ महिना मैदान बाहिर रहने भएका छन् ।
काँधको चोट बोकेपछि गोलकिपर बराल कम्तिमा ३ महिना मैदान बाहिर रहने भएका हुन् ।
राष्ट्रिय फुटबल टिमको प्रशिक्षण दौरान अविशेकले काँधको चोट बोकेका हुन् । उनले बीएण्डबी अस्पतालमा चोटको शल्यक्रिया गरेका छन् ।
'काँधको चोटको शल्यक्रिया गरेको हो । डाक्टरले २-३ महिनापछि ठिक हुन्छ भनेका छन्,' अविशेकले भने ।
अविशेकले भोलि मंगलबार आफु अस्पतालबाट डिस्चार्ज हुने बताए ।
कुवेतमा आयोजना हुने एएफसी एसियन कप छनोटका लागि गोलकिपर अविशेक नेपाली टोलीको प्रशिक्षणमा रहेका थिए ।
बन्द प्रशिक्षणमा रहेका १० खेलाडीले प्रशिक्षण छाडेपछि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले बोलाएको १७ नयाँ खेलाडीमा अविशेक परेका थिए ।
अविशेकले सातदोबाटो युथ क्लबबाट ए डिभिजन लिग खेलेका थिए ।