काठमाडौं । झापा फुटबल क्लबले सहिद स्मारक 'सी' डिभिजन लिगमा पहिलो हार व्यहोरेको छ ।
एन्फा कप्लेक्स सातदोबाटोमा सोमबार रानीबन स्पोर्ट्स क्लबसँग १-० ले पराजित हुँदै झापाले पहिलो हार व्यहोरेको हो।
रानीबनको जितमा फिलिप तामाङले निर्णायक गोल गरे ।
उनले खेलको ४५ औं मिनेटमा गोल गरेका हुन् ।
यस हारसँगै झापाले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।
झापा ८ खेलमा १९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
रानीबनको यो तेस्रो जित हो ।
रानीबन १० अंक जोडेर आठौं स्थानमा रहेको छ ।
अर्को खेलमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी संघले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।
समाज कल्याण ८ खेलमा ११ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
स्पोर्ट्स एकेडेमी ६ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
'सी' डिभिजनमा १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।
लिगका शीर्ष दुई टिम 'बी' डिभिजनमा बढुवा हुनेछन् । दुई टिम रेलिगेशनमा पर्नेछन् ।