काठमाडौं । प्रिमियर लिग क्लब ब्रेन्टफोर्डका स्ट्राइकर इभान टोनी र डिफेन्डर रिको हेनरीका परिवारलाई एभर्टनको मैदान गुडिसन पार्कमा जातीय दुर्व्यवहार भएको छ ।
प्रिमियर लिग अन्तर्गत आइतबार राति ब्रेन्टफोर्ड र एभर्टनबीचको खेल दौरान इभान र रिकोका परिवारमाथि दुर्व्यवहार भएको हो । जुन खेलमा एभर्टनलाई ब्रेन्टफोर्डले ३-२ ले हराएको थियो ।
एभर्टनले पनि उनीहरुका परिवारमाथि जातीय दुर्व्यवहार भएको पुष्टि गरेको छ । एभर्टनले छानबिनका लागि प्रहरीलाई सहयोग गरिरहेको जनाएको छ ।
'फुटबल र समाजमा नस्लवादको लागि कुनै ठाउँ छैन,' एभर्टनले भनेको छ, 'हामी मर्सीसाइड पुलिसलाई व्यक्तिको पहिचान र उचित रूपमा व्यवहार गरिएको सुनिश्चित गर्न मद्दत गर्दैछौँ।'