काठमाडौं । इटालियन क्लब युभेन्ट्सका स्ट्राइकर पाउलो डिबालाले क्लब छाड्ने भएका छन् ।
डिबालाले सिजनको अन्त्यसँगै युभेन्ट्स छाड्ने भएका हुन् ।
डिबालाले सामाजिक संजालबाट युभेन्ट्स छाड्ने पुष्टि गरेका छन् ।
अर्जेन्टिनाका डिबाला २०१५ मा पालेर्मोबाट युभेन्ट्स आएका थिए ।
२८ वर्षीय डिबालाले युभेन्ट्सका लागि २ सय ९१ खेलमा १ सय १५ गोल गरिसकेका छन् ।
युभेन्ट्सका लागि डिबालाले ५ सिरी ए उपाधि सहित कुल १२ उपाधि जितेका छन् ।