काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना बराबरीमा रोकिएको छ ।
आइतबार राति भएको खेलमा बार्सिलोनाले गेटाफेसँग गोलरहित बराबरी खेलेको हो ।
गेटाफेको मैदानमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् ।
यस बराबरीसँगै बार्सिलोनाले ३७ खेलमा ७३ अंक जोडेको छ ।
बार्सिलोना दोस्रो स्थानमा रहेको छ ।
गेटाफे ३९ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।
अर्को खेलमा एट्लेटिको मड्रिडले सेभियासँग १-१ गोलको बराबरी खेलेको छ ।
एट्लेटिको ६८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
सेभिया ६७ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।