• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
साहसिक खेलकुद
  • गृहपृष्ठ
  • साहसिक खेलकुद
हसलमार्कलाई हिमालयन एक्सट्राई ट्रायथलोनको उपाधि
खेलपाटी संवाददाता
सोमबार, वैशाख २६, २०७९ खेलपाटी संवाददाता
हसलमार्कलाई हिमालयन एक्सट्राई ट्रायथलोनको उपाधि

काठमाडौं । स्विडेनका जोन हसलमार्कले पहिलो हिमालयन एक्सट्राइ ट्रायथलोनको उपाधि जितेका छन्।

३.८ किमि पौडी, १८० किमि साइक्लिङ र ४० किमि दौड पूरा गर्नुपर्ने कठिन मानिने शाहसिक हिमाली दौड हसलमार्कले समग्रमा १६ घण्टा ८ मिनेट १२ सेकेन्डमा पूरा गरेका हुन्।

उनले फेवातालमा सम्पन्न ३.८ किमि पौडी सक्न ४८ मिनेट ६ सेकेण्ड लगाएका थिए भने १८० किमि साइक्लिङ सक्न ६ घन्टा १ मिनेट ३१ सेकेण्ड तथा ४० किमि दौड पुरा गर्न ९ घन्टा १२ मिनेट ४३ सेकेण्ड लगाएका थिए ।

त्यस्तै चेक गणतन्त्रका फिलिप सोल्क दोस्रो भए। उनले १६ घण्टा २९ मिनेट २६ सेकेन्डमा पूरा गरे।

चेक गणतन्त्रकै पिटर भाब्रोसेकले १६ घण्टा ४० मिनेट ५७ सेकेन्डको समयमा दौड पूरा गर्दै तेस्रो स्थानमा आउन सफल भए।

खेलाडीहरुले प्रतिस्पर्धामा लगाएको समय बाहेक उनीहरुले पौडीबाट साइक्लिङ र साइक्लिङबाट दौडिने स्थानमा पुग्ने समय पनि जोडिने गर्छ। 

पोखराको फेवातालबाट प्रतियोगिता शुरु भएको थियो। जहाँ खेलाडीहरुले ३.८ किमीको दूरी पौडेका थिए।

त्यसपछि १८० किमिको साइकल दौड सुरु भएको थियो। साइकल रेस पोखरा भुपी शेरचन राजमार्ग हुँदै बाग्लुङको कालिका मन्दिर र त्यहाँबाट फर्केर पोखरा २५ हेम्जा मिलनचोक हुँदै कास्कीको माछापुच्छ्रे लुम्रेमा पुगेर टुंगिएको थियो।

लुम्रेबाट ४० किमि उकाली ओरोली दौड शुरु भएको थियो। दौड पर्यटकिय गन्तव्य मर्दी हिमाल हाइक्याम्पको ४ हजार मिटरलाई छुँदै फर्किएर कास्कीको माछापुच्छ्रे स्थित ल्वाङमा पुगेर अन्तिम दूरी पूरा गरेका थिए।

यसै गरी नेपालबाट सहभागी सन्तोष राईले २० घन्टा ५८ मिनेट १० सेकेण्डमा पुरा गर्दै १० औं स्थानमा आएका छन् । रेसमा सहभागी नेपाली महिला खेलाडी सोनी गुरुङ केही मिनेट ढिला हुँदा मर्दी हिमालको ४ हजार मिटरको उचाई छुन भने असफल भइन् ।

 ‘एक्स्ट्रिम वर्ल्ड टुर ट्राइयाथलन’ को साहसिक ट्रायथलोन अन्तर्गतको यो ‘हिमालयन एक्सट्राई’ नेपालमा पहिलो पटक शुरु गरिएको हो।

अन्त्यन्त शाहसिक मानिने यो दौडमा प्रत्येक खेलाडीसंग सहयोगी समेत हुने गर्दछ।

प्रतियोगिताका रेस डाइरेक्टर रिक्की योन्जनका अनुसार प्रतियोगितामा विश्वका १७ देशका प्रतिस्पर्धीहरुले भाग लिएका थिए। उनीहरुका ३० जना सहयोगी गरी ४७ जना पोखरा आएका थिए । उनीहरु प्रतियोगिताका लागि करिव एक साता पोखरा रहेर अभ्यास समेत गरेका थिए ।

विजेता र सहभागि खेलाडीहरुलाई गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले पुरस्कार वितरण गरे ।

प्रतियोगिताका रेस डाइरेक्टर रिक्की योन्जनले नेपालमा पहिलो पटक आयोजना भएको यो प्रतियोगिता निकै सफल रहेको बताए ।

दुई वर्ष अघि आयोजना हुने तय भएको प्रतियोगिता कोविद भाइरस महामारीका कारण स्थगित हुन पुगेको थियो ।

सन २००३ बाट क्यानाडाबाट सुरु भएको ‘एक्स्ट्रिम वर्ल्ड टुर ट्राइयाथलन’ युरोप सहित अमेरिकाका गरी १७ विभिन्न देशमा हरेक वर्ष आयोजना हुने गर्दछ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भेट्रान राइडर बिक्रमलाई जापानमा उपाधि
भेट्रान राइडर बिक्रमलाई जापानमा उपाधि
नेपालबाट ६ खेलाडीले एसिया प्यासिफिक मोटरस्पोर्टस च्याम्पियनसिप खेल्ने
नेपालबाट ६ खेलाडीले एसिया प्यासिफिक मोटरस्पोर्टस च्याम्पियनसिप खेल्ने
कुँवरद्वारा विश्व स्काइ रनिङ नेपालमा गर्न प्रस्ताव
कुँवरद्वारा विश्व स्काइ रनिङ नेपालमा गर्न प्रस्ताव
एडी मर्कक्सको उत्तराधिकारी पोगाचार
एडी मर्कक्सको उत्तराधिकारी पोगाचार
१५औं संस्करणको कोरा साइकलिङ च्यालेन्ज हुँदै
१५औं संस्करणको कोरा साइकलिङ च्यालेन्ज हुँदै
आशिष र वर्षा बागमती अटो–जिमखाना च्याम्पियन
आशिष र वर्षा बागमती अटो–जिमखाना च्याम्पियन
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
विदाइ लिँदै मेसी
विदाइ लिँदै मेसी
पहिलो खेलमै नेपालको फराकिलो हार
पहिलो खेलमै नेपालको फराकिलो हार
पहिलो हाफमै नेपालले खायो गोल
पहिलो हाफमै नेपालले खायो गोल
आयुष एएफसीको निलम्बनमा
आयुष एएफसीको निलम्बनमा
सुमितले कप्तानी गर्ने, एरोन सुरुआती ११ मा
सुमितले कप्तानी गर्ने, एरोन सुरुआती ११ मा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रवन्ध सम्पादक हिम विक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP