काठमाडौं । सहिद स्मारक 'सी' डिभिजन लिगमा मनोहरा युनाईटेड क्लबले स्वयम्भु क्लबसँग बराबरी खेलेको छ ।
एन्फा कप्लेक्स सातदोबाटोमा सोमबार मनोहराले स्वयम्भुसँग १-१ गोलको बराबरी खेलेको हो ।
खेलको ४८ औं मिनेटमा अनिश महर्जनले गोल गर्दै स्वयम्भुलाई अग्रता दिलाएका थिए ।
तर, खेलको ८४ औं मिनेटमा सुजन बलम्पाकी मगरले गोल गर्दै मनोहरालाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।
बराबरीसँगै मनोहराले २ खेलमा ४ अंक जोडेको छ ।
पहिलो खेल मनोहराले विरगंजलाई हराएको थियो ।
स्वयम्भुले २ खेलमा १ अंक जोडेको छ ।
'सी' डिभिजनमा १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।
लिगका शीर्ष दुई टिम 'बी' डिभिजनमा बढुवा हुनेछन् । दुई टिम रेलिगेशनमा पर्नेछन् ।