सानेपाको लगातार दोस्रो जित
सोमबार, बैशाख १२, २०७९खेलपाटी संवाददाता

काठमाडौं । सानेपा क्लबले सहिद स्मारक 'सी' डिभिजन लिगमा लगातार दोस्रो जित निकालेको छ ।
एन्फा कप्लेक्स सातदोबाटोमा सोमबार पुल्चोक स्पोर्ट्स क्लबलाई २-० ले हराउँदै सानेपाले दोस्रो जित निकालेको हो ।
सानेपाको जितमा दुबै गोल खेमराज तामाङले गरे ।
खेलको १२ औं मिनेटमा गोल गर्दै उनले टोलीलाई अग्रता दिलाएका थिए ।
त्यसपछि इन्जुरी समयमा खेमले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-० को जित दिलाए ।
जितसँगै सानेपाले २ खेलमा ६ अंक जोडेको छ ।
पहिलो खेल सानेपाले ओसिसलाई हराएको थियो ।
पुल्चोकको यो लगातार दोस्रो हार हो ।
'सी' डिभिजनमा १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।
लिगका शीर्ष दुई टिम 'बी' डिभिजनमा बढुवा हुनेछन् । दुई टिम रेलिगेशनमा पर्नेछन् ।
सानेपाको लगातार दोस्रो जित










-1763309767672.webp&w=3840&q=75)


