काठमाडौं । सायद बर्नलीले उठाएको जोखिमको भुक्तानी हुँदैछ । इंग्लिस प्रिमियर लिगको अंक तालिकामा आइतबार रातिका खेलपछि एउटा महत्त्व परिवर्तन भयो । बर्नली रेलिगेसन क्षेत्रबाट माथि उठेर १७ औं स्थानमा पुग्यो भने एभरटन १८ औं स्थानमा झर्यो । सुरुमा बर्नलीले उल्भ्सलाई हराएपछि एभरटन लिभरपुलको हातबाट पराजित रह्यो ।
सिन डेचलाई व्यवस्थापकबाट बर्खास्त गरेयता बर्नलीले तीन खेलबाट सात अंक बटुलेको छ । सुरुमा उनको बर्खास्तीलाई लिएर खुबै आलोचना भयो । डेचलाई उनको जिम्मेवारीबाट हटाउनु आफैमा निर्दयी निर्णय थियो, त्यसैले यसलाई कसैले मन पराएनन् । उनको स्थानमा निमित्त प्रशिक्षक भए, माइक ज्याक्सन ।

उनी आएयता बर्नलीको प्रदर्शनमा सुधार आएको छ । सबैभन्दा ठूलो लगातार अंक बटुल्न थालेको छ । क्लब मालिक एलान पेसले डेचलाई हटाएर ज्याक्सनलाई ल्याउनु ठूलै जोखिमले भरिएको काम थियो । सायद अहिले यही जोखिमको भुक्तानी भएको छ । तर बर्नलीका लागि सबथोक राम्रो भइसकेको भने छैन् ।
खास कुरा त के भने बर्नली र एभरटनबीच दुई अंकको मात्र दूरी छ र बर्नर्लीले एक खेल बढी खेलेको । त्यस अर्थमा लिगमा बर्नलीले पाँच र एभरटनले छ खेल खेल्न बाँकी छ । यी खेलबाट जे जस्तो पनि नतिजा आउन सक्छ । त्यो भनेको यी दुई टिममध्ये जो कोही रेलिगेसनमा पर्न सक्छ, अथवा दुवै नपर्न पनि सक्छ, किनभने १६ औं रहेको लिड्स युनाइटेडको पनि रेलिगेसन तनाव सकिएको छैन् ।
त्यसैले कम्तीमा बर्नलीले उठाएको जोखिमको ठ्याक्कै भुक्तानी भएको छैन् भन्ने कि ?

–बीबीसीको सहयोगमा ।