काठमाडौं । फुलहमका फरवार्ड एलेक्सान्डर मिट्रोभिच च्याम्पियनसिपको प्लेयर अफ द सिजन चुनिएका छन् ।
फुलहमलाई प्रिमियर लिगमा उकाल्न उत्कृष्ट प्रदर्शन गरेका मिट्रोभिच प्लेयर अफ द सिजन घोषित भएका हुन् ।
सर्बियन खेलाडीले यस सिजन फुलहमका लागि ४१ गोल गरिसकेका छन् ।
यस्तै एमके डोन्सका मिडफिल्डर स्कट ट्विन लिग वान प्लेयर अफ द सिजन बनेका छन्।
लिग टु वान प्लेयर अफ द सिजन फोरेस्ट ग्रीनका केन विल्सन घोषित भए ।