काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना पराजित भएको छ ।
आइतबार राति भएको खेलमा बार्सिलोना घरेलु मैदानमा रायो भालेकानोसँग १-० गोल अन्तरले पराजित भएको हो ।
भालेकानोलाई जित दिलाउन अल्भारो गार्सियाले निर्णायक गोल गरे ।
उनले खेलको सातौं मिनेटमा गोल गरेका थिए ।

बार्सिलोनाको यो घरेलु मैदानमा सिजनको तेस्रो हार हो ।
बार्सिलोनाले पहिलो पटक एकै सिजन घरेलु मैदानमा तीन हार व्यहोरेको हो ।
यस हारसँगै बार्सिलोनाले ३३ खेलमा ६३ अंक जोडेको छ ।
बार्सिलोना तेस्रो स्थानमा रहेको छ ।
भालेकानो ४० अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
