काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ ।
आइतबार राति भएको मर्सीसाइड डर्बीमा लिभरपुलले एभर्टनलाई २-० गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन एन्ड्रयु रोबर्टसन र डिभोग ओरिगीले एक एक गोल गरे ।
खेलको ६२ औं मिनेटमा रोबर्टसनले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ८५ औं मिनेटमा ओरिगीले गोल गर्दै लिभरपुललाई २-० को जित दिलाए ।

यस जितसँगै लिभरपुलले उपाधि होड कायम राखेको छ ।
लिभरपुलले ३३ खेलमा ७९ अंक जोडेको छ ।
लिभरपुल दोस्रो स्थानमा रहेको छ ।
एभर्टन ३२ खेलमा २९ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।