काठमाडौं । सहिद स्मारक 'सी' डिभिजन लिगमा खालीबारी युथ क्लबले स्पोर्ट्स एकेडेमी संघसँग बराबरी खेल्दै अंक बाडेको छ ।
एन्फा कप्लेक्स सातदोबाटोमा आइतबार भएको खेलमा खालीबारीले स्पोर्ट्स एकेडेमीसँग २-२ गोलको बराबरी खेलेको हो।
बराबरीसँगै खालीबारीले २ खेलमा १ अंक जोडेको छ ।
स्पोर्ट्सले पनि २ खेलमा १ अंक जोडेको छ ।
अर्को खेलमा महाबिर क्लब र प्लानिङ ब्वाइजले १-१ गोलको बराबरी खेलेका छन्।
महाबिरका लागि रोमन तामाङले गोल गरे । प्लानिङका लागि अर्जुन कुमार रानाले बराबरी फर्काए ।
'सी' डिभिजनमा १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।
लिगका शीर्ष दुई टिम 'बी' डिभिजनमा बढुवा हुनेछन् । दुई टिम रेलिगेशनमा पर्नेछन् ।