भरतपुर । हर्दी युवा समाज स्वर्गीय विशाल गुरुङ स्मृति कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको खेलमा केबिए ग्लोबल बिएफसीलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले हराउँदै हर्दी उपाधि नजिक पुगेको हो ।
खेलको निर्धारित समय २-२ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो ।
पेनाल्टी अघि हर्दीका बिमश सुचिकार र सशिल थापा मगरले एक एक गोल गरे ।
यस्तै केबिएका सुरेश कुमाल र रुमेश बर्तौलाले एक एक गोल गरे ।
हर्दीका गोलरक्षक बिक्रम तामाङ म्यान अफ दि म्याच चुनिए ।
रामपुर फुटबल क्लब र शारदा युवा क्लबको संयुक्त आयोजनामा जारी प्रतियोगितामा १२ टोली सहभागी छन् ।
प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार पाउने रामपुर फुटबल क्लबका अध्यक्ष विजय घलेले जानकारी गराए ।