काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले संघर्षपूर्ण जित निकालेको छ ।
आइतबार राति भएको खेलमा चेल्सीले वेस्ट ह्याम युनाईटेडलाई १-० गोल अन्तरले हराएको छ ।
चेल्सीको जितमा क्रिस्टियन पुलिसिच नायक बने । उनले खेलको ९० औं मिनेटमा निर्णायक गोल गरे ।
त्यसअघि ८७ औं मिनेटमा जोर्गिन्हो पेनाल्टीमा गोल गर्न चुकेका थिए ।

८६ औं क्रेग डसनले रातो कार्ड पाएपछि वेस्ट ह्याम १० खेलाडीमा समेटिएको थियो ।
यस जितसँगै चेल्सीले ३२ खेलमा ६५ अंक जोडेको छ । चेल्सी तेस्रो स्थानमा रहेको छ ।
वेस्ट ह्याम ५२ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
अर्को खेलमा बर्नलीले उल्भ्सलाई १-० ले हराएको छ ।
ब्राइटन र साउथह्याम्पटनले २-२ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।