काठमाडौं । झापा फुटबल क्लबले सहिद स्मारक 'सी' डिभिजन लिगमा विजयी सुरुआत गरेको छ ।
एन्फा कप्लेक्स सातदोबाटोमा आइतबार भएको खेलमा समाज कल्याण खेलकुद केन्द्रलाई ४-२ गोल अन्तरले हराउँदै झापाले सुखद सुरुआत गरेको हो ।
झापाको जितमा विशाल खवासले ह्याट्रिक गरे । सन्तोष लावतीले एक गोल थपे ।
समाजका राकेश विश्वकर्मा र शरद राईले एक एक गोल गरे ।
झापाले दुई गोलको सुरुआती अग्रता उल्टाएर जित निकालेको हो ।
जितसँगै झापाले पहिलो खेलमै महत्त्वपूर्ण ३ अंक जोडेको छ ।
'सी' डिभिजनमा १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।
लिगका शीर्ष दुई टिम 'बी' डिभिजनमा बढुवा हुनेछन् । दुई टिम रेलिगेशनमा पर्नेछन् ।