ड्रोग्बा पहिलो चरणबाटै बाहिर
आइतबार, ११ बैशाख २०७९खेलपाटी संवाददाता

काठमाडौं । पूर्व स्ट्राइकर डिडियर ड्रोग्बा आइभरी कोस्ट फुटबल फेडेरेसनको अध्यक्षको दौडबाट बाहिरिएका छन् ।
पहिलो चरणको निर्वाचनबाटै ड्रोग्बा बाहिरिएका हुन् ।
पहिलो चरणको मतदानमा ड्रोग्बा तेस्रो स्थानमा रहे । उनले २१ मत प्राप्त गरे ।
अब अध्यक्षका लागि यासिन इद्रिस डियालो र सोरी डीयाबेटबीच प्रतिस्पर्धा हुनेछ ।
चेल्सीका पूर्व स्ट्राइकर समेत रहेका ड्रोग्बाले सन् २००२ देखि १४ सम्म आइभरी कोस्टका लागि खेलेका थिए । उनले १०५ खेलमा ६५ गोल गरेका छन् ।
ड्रोग्बा पहिलो चरणबाटै बाहिर





-1775916660994.webp&w=3840&q=75)
-1775884046825.webp&w=3840&q=75)






